हिट हुँदै हट आलिया, फिल्म ‘राजी’बाट ५ दिनमा कमाइन् यति मोटो रकम ?

हिट हुँदै हट आलिया, फिल्म ‘राजी’बाट ५ दिनमा कमाइन् यति मोटो रकम ?

काठमाडौं । फिल्म ‘राजी’का कारण पछिल्लो समय चर्चामा रहेकी बलिउड सुन्दरी नायिका आलिया भट्ट नयाँ कामका कारण मक्ख छिन् । अभिनय मात्र नभएर कमाइका कारण पनि उनी चर्चामा छिन् । मेघना गुलजार निर्देशित फिल्म ‘राजी’ले ५ दिनमा ५० करोडभन्दा माथिको व्यापार गरेको भारतीय मिडियाले जनाएका छन् । भारतीय मिडियाका अनुसार लगभग ३५ करोड लागतमा बनेको हो । जुन फिल्ममा बिक्की कौशल, रजित कपुरलगायत कलाकारले अभिनय गरेका छन् ।

साहित्यकार हरिन्दर सिक्काको उपन्यास ‘कालिंग सहमत’को कथामा आधारित फिल्म ‘राजी’ पाकिस्तानमा प्रदर्शनमा रोक लागेपछि पनि फेरी एक पटक चर्चामा आयो । फिल्ममा एक युवतीले पाकिस्तानी अधिकृतसँग बिहे गरेर जासुसी गरेको कथालाई देखाएकै भरमा पाकिस्तानीहरुले अस्विकार गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

Comments