नेपाली खेल जगतका विभिन्न समस्याका बाबजुद पनि यति राम्रो खेल प्रदर्शन गर्नु सन्दिपको ठूलो महानता हो । यति राम्रो खेल खेलेर सन्दिप नेपाली खेलप्रेमी मानिसका मन–मुटुमा बस्न सफल भएका छन् ।

सुरुवाती खेलहरूमा खेल्न नपाएका सन्दिपले आईपीएलका कुनै पनि खेल खेल्न नपाउने हुन् कि भन्ने शंका थियो । तर पछिल्ला ३ खेल खेलेका सन्दिपले आफ्नो कुशलता देखाएरै छाडे । उनले देखाएको जादुमय खेल देखेर सुरुवाती खेलमा नखेलाएकोमा दिल्ली डेयरडेभिल्स यतिबेला पछुताइरहेको छ ।
नेपाली खेल जगतका विभिन्न समस्याका बाबजुद पनि यति राम्रो खेल प्रदर्शन गर्नु सन्दिपको ठूलो महानता हो । यति राम्रो खेल खेलेर सन्दिप नेपाली खेलप्रेमी मानिसका मन–मुटुमा बस्न सफल भएका छन् । सन्दिप मात्रै होइन, नेपाली क्रिकेट टिम नै सशक्त छ भन्ने कुरा विभिन्न देशमा देखाएको खेलहरूबाट प्रमाणित भइसकेको छ । क्रिकेट खेलको विकास र विस्तारका लागि सरकारले त्यति चासो दिएको देखिँदैन । खेलकुद क्षेत्रमा वर्षेनि करोडौं बजेट खर्च हुँदा पनि अहिलेसम्म एउटा पनि स्तरीय क्रिकेट मैदान छैन । सरकारले तुरुन्तै कम्तीमा एउटा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बनाइहाल्न ढिला नगरोस् । सन्दिप लगायत सम्पूर्ण नेपाली क्रिकेट टोलीलाई सफलताको शुभकामना ।
– बद्री शिवाकोटी
सुनखानी, दोलखा
Comments
Post a Comment