सि माला’को कथामा बनेको चलचित्र ‘मट्टी माला’को ट्रेलर सार्वजनिक (भिडियोसहित)



जेठ । माटो भित्र पाइने एक बहुमूल्य धातु ‘सि माला’को कथा रहेकोे चलचित्र ‘मट्टी माला’को ट्रेलर रिलिज भएको छ । चलचित्रमा मेरी बास्सै टेलिसिरियलका चर्चित जोडी बुद्धी तामाङ (हनुमाने) र (रजनी गुरुङ) मंगलीको मुख्य भुमिका रहेको ‘मट्टी माला’को ट्रेलर बुधबार रिलिज गरिएको हो ।

मट्टी माला’ पौरखी फिल्मस् प्रा. लि. को ब्यानरमा पृथ्पी राईको निर्माण तथा टेके पौरखी राईको लेखन तथा निर्देशनमा बनेको हो ।

मट्टी मालामा प्रिंयका कार्कीको विशेष भुमिका रहेको छ । यसैगरी चलचित्रमा शिशिर राना, नेपाली टोनी जाका नामले परिचित चिरन राई, पृथ्वी राई, अरुणा कार्की, अर्जुन गुरुङ, विनोद राई, सङघ्या श्रेष्ठ, टेकराज लाङघाली, विक्रम लामा, दिपक आचार्य लगायतको अभिनय छ ।

आगामी जेष्ठ २५ गते रिलिज हुने चलचित्र पारिवारिक, रोमान्स तथा कमेडीले भरिएको छ । नेपाली टोनी जाका नामले परिचित स्टन्ट म्यान चिरनको एक्सन तथा प्रियंका कार्कीको विशेष भूमिकाका कारण चलचित्रलाई बहुप्रतिक्षित मानिएको छ ।

Comments