होसियार हुनु होला “रेड बुल खाएर खुशी भएपछि युवतीको मृत्यु, पोष्टमार्टमको रिपोर्ट देख्दा चिकित्सक नै परे चकित
रेड बुल खाएर खुशी भएपछि युवतीको मृत्यु, पोष्टमार्टमको रिपोर्ट देख्दा चिकित्सक नै परे चकित
कहिलकाहिँ खुसी पनि निकै महङ्गो पर्दछ । यस्तै भएको छ, मेक्सिकोकी १६ वर्षीय युवतीलाई । विदा मनाउन साथीहरुसँग एउटा समुन्द्री किनारामा पुगेकी लिनाको मृत्यु भएको हो ।
अन्तर्राष्ट्रिय मिडिया एजेन्सीहरुले उल्लेख गरे अनुसार तत्काल के कति कारणले उनको मृत्यु भएको भन्ने कुरा थाहा नभएपनि पोष्टमार्टम गरिएपछिको कारण थाहा पाएपछि भने सबै चकित बनेका थिए ।
पोष्टमार्टमको रिपोर्ट देख्दा चिकित्सक नै हैरान भएका समाचारमा उल्लेख छ । पोष्टमार्टमको रिपोर्टमा मृत्युअघि लिना निकै खुशी भएको उल्लेख छ । अर्थात, खुसी बढी भएकै कारण उनको मृत्यु भएको चिकित्सकहरुले बताए ।
घटनाको प्रहरीले जाँच शुरु गरेपछि उनका साथीहरुसँग सोधपुछ गरिएपछि केही अचम्मलाग्दो कुरा खुलेको थियो । उनका साथी र परिवारका सदस्यहरुका अनुसार, समुन्द्री किनारामा मस्ती गरिरहेको बेला लिनाले अचानक आफू औधी खुशी भएको बताएकी थिइन ।
“म निकै खुशी छु, मभित्र निकै उर्जा आएजस्तो लागेको छ ’ उनले भनेकी थिइन । यो कुरा गरेको केही समयमा नै उनको मृत्यु भयो । जाँच अधिकारीहरुका अनुसार, लीनाको मृत्युको कारण इनर्जी ड्रिक्स थियो ।
उनीहरु भएको स्थानमा खानेपानी नभएकोले मिनरल वाटरको स्थानमा इनर्जी ड्रिक्स लगेका थिए । इनर्जी ड्रिक्समा क्याफिन बढी भएको हुँदा उनको शरीरमा क्याफिनको मात्रा निकै बढी भएको अवस्थामा शरीरले सहन नसकेर मृत्यु भएको हुनसक्ने डाक्टरहरुको निष्कर्श थियो
Comments
Post a Comment