जुनै पनि मानिसको आनुहारमा एउटा न एउटा दाग त हुन्छ नै । लाखौमा एकको मात्र आनुहार सुन्दर हुन्छ जुन भगवानको बरदान नै हुन्छ ।
प्राय महिलाहरुमा यो समस्या धेरै देखिन्छ । किनकि महिलालाइ पुरुष भन्दा राम्रो हुनुपर्छ । यहाँ हामीले यस समस्याका केहि घरेलु उपाय दिएका छौ ।
१. आलु र गोलभेंडा
काँचो आलुलाई ताछेर पिस्ने पिसिएको आलुमा पाकेको गोलभेंडाको रस निचोरेर पेष्ट बनाउने अनि माथि बताइृएअनुसार अनुहार भरी लगाएर २५ मिनेट छाड्ने र चिसो पानिले मुख धुने ।
गोलभेंडाको अमिलोले दाग हटाउन तथा चमक ल्याउन महत्व राख्छ ।
२. आलु र कागती
एउटा आलुलाई ताछेर धुने त्यसलाई सफा सिलौटा या ब्लेन्डरमा आधी कागती काटी रस निचोरेर ६,७ थोपा ताछेको आलु सँगै मिलाई पिस्ने र आधी कागती काटी रस निचोरेर ६,७ थोपा ताछेको आलु सँगै मिलाउने अब यो मिश्रणलाई फेशवासले धोएको सुक्खा अनुहारमा बिशेष गरी दाग भएको एरीया लगायत अनुहार भरी लगाएर २० मीनेट राख्ने अनि सफा मनतातो पानीले धुने ।
३. आलु र काँक्रो
सबैभन्दा पहिला काँचो आलु र काँक्रोलाई पिस्ने र पिसिएको मिश्रणलाई दाग भएको ठाउँ तथा अनुहार भरी लगाउने यसलाई २५ मिनेटसम्म त्यसै छाड्ने अनी सफा मनतातो पानीले धुने ।
यी माथि दिएका कुराहरु प्रयोग गर्नुभयो भने तपाइको आनुहारमा पक्कै पनि चमक आउने छ । तपाइलाई हामीले दिएको जानकारी कस्तो लाग्यो ? ज्ञानविज्ञान हेर्ने र सेयर गर्न नभुल्नु होला ।
स्वास्थको सहयोगमा
Comments
Post a Comment