चीनमा एउटा निकै विचित्रको घटना सार्वजनिक भएको छ । यहाँ एक व्यक्तिले विमानमा यात्रा गर्ने क्रममा एयरहोस्टेससँग यस्तो व्यवहार गरे जसका कारण यात्रा गरिरहेका अरु सबै यात्रीको हालत खराब भएको छ ।यही कारण पाइलटले तत्कालै विकानलाई नजिकैको विमानस्थलमा आकस्मिक अवतरण गराएका छन् ।
रिपोर्टका अनुसार चाइनिज एयरलाइन्सको बेइजिङ गइरहेको विमानमा घटना भएको हो । विमानमा एक यात्रुले एयरहोस्टेसलाई फाउण्टेन फेनको निबको प्रयोग गरेर बन्धक बनाए ।
ती व्यक्तिले एयरहोस्टेसको घाँटीमा पेनको निब राखेर उनलाई लिएर बिजनेस क्लासतर्फ जान लागेपछि त्यहाँ भएका अन्य यात्रुले हल्ला गरे । सबैलाई एक पटक त लाग्यो विमान अपहरण भयो ।
विमानमा होहल्ला भएपछि पाइलटले विमानलाई तत्कालै नजिकैको झेंगझाउ विमानस्थलमा आकस्मिक अवतरण गराए । विमानस्थलमा सुरक्षाकर्मीले ती व्यक्तिलाई पक्राउ गरे ।
ती व्यक्तिले यस्तो किन गरका थिए भन्ने कुरा सार्वजनिक गरिएको छैन । उनलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको चिनिया प्रहरीले जनाएको छ ।
Comments
Post a Comment