राष्ट्रपति र प्रधानमन्त्रीको आपत्तिजनक फोटो फेसबुकमा पोष्ट गर्ने पत्रकार सिआइबीको फन्दामा, पुगे प्रहरी खोरमा !
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सिआइबी गएको बिहीबार पत्रकार खत्री निरौलालाई जिल्ला प्रहरी कार्यालय उदयपुरमार्फत पक्राउ गरी अनुसन्धान गरिरहेको सिआइबीका एसपी बुद्धी गुरुङले बातए। ‘खत्रीले सामाजिक सञ्जाल फेसबुकमार्फत सामाजिक सञ्जालमा आपत्तिजनक फोटो हालेको उजुरी आयो,’ सिआइबीका एसपी गुरुङले भने, ‘पक्राउ गरेर अनुसन्धान गरिरहेका छौँ, शुक्रबार जिल्ला अदालत काठमाडांै पेस गरेका छाँै।’ विद्युतीय कारोबार ऐनअुनसार कारबाहीको तयारी गरिएको छ। ‘हामीले अदालतमा पेस गरेर अनुसन्धान गरिरहेका छौँ,’ पुन गुरुङले भने, ‘कस्तो प्रकृतिको कारबाही हुन्छ, त्यो चाहिँ ऐन हेर्नुपर्ने हुन्छ।’
नेपाल पत्रकार महासंघ उदयपुरका साधारण सदस्यसमेत रहेका खत्री गाईघाटमा सञ्चालन हुन लागेको उपहार एफएमका निर्देशक हुन्। राष्ट्रपति र प्रधानमन्त्रीले अँगालो हालेको फोटो बनाई पोस्ट गरेको आरोप लागेका खत्री उदयपुरबाट प्रकाशन हुने त्रियुगा एक्सप्रेस दैनिकका सम्वादाता हुन्। जुन फोटो फेसबुकमा भाइरल भएको थियो। पक्राउ पर्नुभन्दा अगाडि खत्रीले फेसबुकमार्फत भूलवश गल्ती हुन गएको भन्दै माफीसमेत मागेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी नवराज भट्टले बताए।
‘हामीलाई सिआइबीले पक्राउ गरेर पठाउन भन्यो,’ उनले भने, ‘हामीले पठाएका हौँ, तर खत्रीले फेसबुकबाटै माफी समेत मागेका थिए र आफैँले फोटो नबनाएको दाबीसमेत गरेका छन्।’ फेसबुकमा सरोज निरौला लेख्ने पत्रकार खत्रीको वास्तविक नाम खरोजकुमार खत्री रहेको सिआइबीको भनाइ छ।
सामाजिक सञ्जालमा आपत्तिजनक फोटो पोस्ट गर्ने, अश्लील शब्दले गाली गलौज गर्ने अनि चरित्र हत्या गर्ने उजुरी जिल्ला प्रहरी कार्यालयमा दिनप्रनिदिन बढ्दै गए पनि उजुरी जिल्ला प्रहरीले उजुरी लिएर अपराध अनुसन्धान महाशाख र सिआईवीलाईनै गुहार्नुपर्ने बाध्यता रहेको जिल्ला प्रहरी प्रमुख एसपी भट्टले बताए। थाहा खबर
Comments
Post a Comment