सरकारले अधिनायकवादी चरित्र देखाउने सम्भावना बढाएको दावी



प्र्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारले अधिनायकवादी चरित्र देखाउने सम्भावना बढेर गएको दावी गर्नु भएको छ ।

नेता सिटौलालले शक्ति सन्तुलन र लोकतान्त्रिक मूल्य, मान्यताको दृष्टिले पनि सरकारले सही बाटो लिने सम्भावना नदेखिएको गम्भिर आरोप लगाउनु भयो । शुक्रबार काठमाडौंमा आयोजित ‘वर्तमान राजनीतिक परिस्थितः काँग्रेसको अवको गन्तव्य’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रको अपव्याख्या गर्दै सरकारले कम्युनिष्ट शैली देखाउन थालेको भन्दै आपत्ति पनि जनाउनु भयो । नेता सिटौंलाले सबै प्रदेशमा समेत काँग्रेस शक्तिमा नरहेकाले काँग्रेस कार्यकर्ताहरुको मनोबल गिर्न गएको पनि स्मरण गराउनु भयो ।

काँग्र्र्र्र्र्र्र्रेस नेता सिटौलाले संचारकर्मीहरुले समेत सत्तापक्षलाई मात्रै साथ दिएको भन्दै असन्तुष्टि व्यक्त गर्नु भयो । उहाँले मुलुकको सबै क्षेत्र सत्तापक्षको प्रभावमा परेको भन्दै त्यसलाई निष्तेज पारेर मुलुकलाई सही बाटोमा अघि बढाउन काँग्र्रेसको विकल्प नरहेको दावी समेत गर्नु भयो । नेता सिटौलाले मुलुकलाई समृद्ध बनाउने जिम्मेवारी पनि काँग्रेसले मात्रै पूरा गर्न सक्ने धारणा राख्नु भयो ।

Comments