काठमाडौँः साढे ३३ किलो सुन तस्करीका मुख्य अभियुक्तका रुपमा पक्राउ परेका मोरङको उर्लाबारीका चुडामणि उप्रेती ‘गोरे’ लाई गृहमन्त्रालयको छानबिन समितिले मंगलबार सार्वजनिक गरेको छ ।
गृहमन्त्रालयमा आयोजित एक पत्रकार सम्मेलनमा समितिले गोरेलाई अहिलेसम्म भएका ठुला सुन तस्करीका मुख्य अभियुक्तका रुपमा सार्वजनिक गरेको हो ।
त्रिभुवन विमानस्थलबाट छिराइएको तस्करीको साढे ३३ किलो सुन गायब भएपछि गोरेको नेतृत्वमा मोरङका सनम शाक्यको हत्या भएको थियो भने अन्य दुईजनाले आत्महत्या गरेका जनाइएको थियो ।
पढ्नुस्: आफैले मास्क खोलेर अनुहार देखाए गोरेले, ५ फोटो
गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जब पत्रकारहरुले गोरेले लगाएको क्याप खोल्न भने तब उनले अभद्र शब्दको प्रयोग गर्दै मुखमा लगाएको कालो कपडा पनि उतारे ।
पत्रकार सम्मेलनका क्रममा उनले मा………… भन्दै मुख छाडेपछि छानबिन समितिका सदस्य र पत्रकारहरुले पनि अफ्ठेरो महसुस गरे ।
साढे ३३ किलो सुनकाण्डपछि गोरे नेपाल–भारतको सीमाक्षेत्रमा लुक्दै आएको दाबी छानबिन समितिका संयोजक ईश्वरी पौडेलले गरेका छन् । उनका अनुसार दुई देशको सीमाक्षेत्रमा लुक्दै आएका उनलाई मंगलबार बिहान काठमाडौँको गौरीघाटबाट पक्राउ गरिएको हो ।
साभार annapurna post बाट
Comments
Post a Comment