बिपन्न विरामीको दर्विलो सहारा बन्दै नोबेल अस्पताल (भिडियो रिपोर्टसहित)



कोशी अनलाइन

जेठ ६, माेरङ, बाल्यावस्थामै धेरैवटा रोगले सताएका छोराको उपचार गर्ने पैसा नहुँदा समस्यामा रहेकी पाँचथर फिदिमकी डिकमाँया तामाङले यो समस्याबाट अहिले छुटकारा पाएकी छन् । बिपन्न बिरामीलाई उपचारमा सघाउँदै आएको बिराटनगरको नोबेल शिक्षण अस्पतालले १८ महिनाका छोरा सनिस तामाङको निःशुल्क उपचार गरेपछि तामाङ परिवारको यो समस्या समाधान भएको हो ।निःशुल्क उपचार पाएका बालक अनिसका साथमा उनकी आमा डिकमाँया

क्षयरोग, निमोनिया र फोक्सोमा पानी जमेको समस्याका कारण सनिस बाल्यवस्थामै थलिएका थिए । दैनिक ज्यालादारी गरेर जिबिका गर्दै आएको डिकमाँयाको परिवारले छोराको उपचारका लागि धेरैवटा अस्पताल लगेपनि निको नहुँदा निरास थिए । तर, नोबेल अस्पतालले वालकलाई निको पार्नुमात्र नभएर उपचार पनि निःशुल्क गर्दिएपछि तामाङ परिवारलाई राहत मिलेको हो ।

नोबेलमा छोराको निःशुल्क उपचार भएपछि हर्षित हुँदै डिकमाँयाले भनिन् ‘सुनिल सरले हाम्रो पीडा बुझिदिनाले अहिले छोरा निको भएको छ ।’ पैसा नभएका कारण बच्चाको उपचार गर्न नसकेको जानकारी पाएर नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माले सनिसलाई निःशुल्क उपचारको ब्यवस्था मिलाईदिएका हुन् ।

फिदिम–४ चारबारी घर भएको तामाङ परिवारले दैनिक ज्यालादारी नगरे उनीहरुको चुलोमा आगो बल्दैन् । श्रीमान घर बनाउँने मिस्त्री काम गर्छन् भने श्रीमति पनि ज्यालादारी काम गर्छिन् । जिविकोपार्जनमै धौ–धौ भईरहेको तामाङ परिवारले छोराको उपचारका लागि पाँचथर र झापाका दुई अस्पतालमा लगेको भएपनि त्यहा ठिक नभएपछि नोबेल ल्याएका हुन् ।

छोराको उपचारका लागि अस्पताल चाहर्दा–चाहदै खर्च रित्तिएको अवस्थामा नोबेल अस्पतालको साथ पाउँदा धेरै राहत महसुस भएको डिकमाँयाले बताईन् । केहि दिनअघि पनि नोबेल अस्पतालले मोरङको पथरी शनिश्चरे–१० का ५ बर्षीय बालक सौजन लिम्बु र सुन्दरहरैचा–१० की ६० बर्षीया छलमाँया श्रेष्ठको पनि निःशुल्क उपचार गरेको थियो ।

नोबेल अस्पतालले अनिस, सौजन र छलमाँया जस्ता धेरै बिपन्न बिरामीको निःशुल्क उपचार गर्दै आएको छ ।

नोबेलबाट बर्षमा एक लाख तीन हजारको निःशुल्क उपचार

२०७४ सालको अवधिमा मात्रै १ लाख ३ हजार ५ सय ४२ जना बिरामीको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालका प्रवन्ध निर्देशक इन्दिरा शर्माको भनाई छ ।

अस्पतालबाट ५५ हजार ९ सय ५९ बिरामीलाई २० करोड ८४ लाख ७१ हजार ९ सय ९० मुल्य वरावरको निःशुल्क उपचार गरिएको छ भने स्वास्थ्य शिविरबाट ४७ हजार ५ सय ८३ बिरामीले निःशुल्क उपचार पाएको नोबेल अस्पतालले जनाएको छ ।

Comments