अलग-अलग नाम भएका व्यक्तिको अलग-अलग आचरण रहने कुरा त तपाईलाई थाहानै होला। तपाईको नाम अनुसारको फल साथै कर्म रहने हुन्छ। जो-कोहीको नामको पहिलो अक्षरले छुट्टै मान्यता राख्ने गर्छ। नामको पहिलो अक्षरले तपाइको स्वभाव,बानि व्यवहार समेत निर्धारण गर्ने हुँदा तपईको प्रेम जीवनमा समेत नामको पहिलो अक्षरले जानकारी दिने ज्योतिष शास्त्रमा उल्लेखित रहेको छ। आज हामी ‘B’ बाट नाम शुरु हुने हरुको प्रेम जीवनका बारेमा चर्चा गर्न गैरहेका छौं।
‘B’ बाट नाम शुरु हुनेहरु विशेषतः सामाजिक रहने गर्छन भने रोमान्टिक समेत रहने गर्दछन्। साथै यी मानिसहरु हल्का मुड्डी समेत रहने भएका कारण छिट्टै साथी बन्ने गर्छन भने छिट्टै मित्रता समेत तोड्न सक्लान्। ‘B’बाट नाम शुरु हुनेहरु सानो-सानो कुरामा पनि खुशी रहन सक्छन। जसका कारण रिसाएको अवस्थामा समेत यिनीहरुलाई मनाउना खासै गार्हो नहुने हुन्छ। आफ्नो गल्तिबाट पाठ सिक्न सक्ने खुबी भएका कारण यिनीहरुलाई जीवनमा सिक्ने अवसर धेरै मिल्न सक्छ। हरेक कार्य सतर्क भएर गर्ने हुँदा खासै त्रुटीको यिनले सामना नगर्न सक्छन।
प्रेमको मामलामा सहन शक्ति रहने भएका कारण ‘B’बाट नाम शुरु हुने व्यक्तिसंग जोडिएको सम्बन्ध खासै नटुट्ने हुन्छ। ‘B’ बाट नाम शुरु हुनेहरु प्राय प्रेम विवाह गर्ने गर्छन। साथै सहन शक्ति भएपनि यिनीहरु कुण्ठित रहन भने मन नपराउने गर्छन। इमान्दारिताका साथ सम्बन्ध राख्न रुचाउने यी व्यक्तिहरु केहि हद सम्मको पनि धोका नरुचाउने हुँदा सहयात्रीले भने संयम रहनु पर्ने हुन्छ। प्रेमको मामलामा कुनै पनि प्रकारको वलिदान गर्न सक्ने ‘B‘ बाट नाम शुरु हुनेहरु प्राय घुम-घाममा व्यस्त रहन रुचाउछन्।
Comments
Post a Comment